Type to search

मुख्य समाचार समाचार

१२ संक्रमित भेटिएको भुल्केका स्थानीयकाे स्वाब सङ्कलन

Share

गाईघाट, वैशाख ६ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बसेका १२ जना मुस्लिम धार्मिक समूहमा कोरोना संक्रमण पुष्टी भएसँगै सिंगो गाउँनै कोरोनाको जोखिममा परेको छ । प्रशासनद्वारा गाँउ सिल गरी पहिलो चरणमा मस्जिदसँगै रहेका मुस्लिम समुदायको ५३ घरका स्थानीयको कोरोना परीक्षणका लागि शनिबार स्वाब सङ्कलन गरिएको हो ।

१ नम्बर प्रदेश प्रयोगशाला विराटनगरका निर्देशक नेतृत्वको प्राविधिक टोलीले त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको १८ नं वाहिनि अड्डा हाता भित्रको खुला चौरमा गएर गाउलेहरुको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

मुस्लिम समुदायको सबैको स्वाब सङ्कलन गरेपछि संक्रमितसँग हेलमेल भएकाहरुको समेत स्वाब सङ्कलन गरिनेछ ।
पहिलो चरणमा शनिबार परिवारको मुख्य मान्छे र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका करिव एकसय ५० जना स्थानीयको स्वाब सङ्कलन गरिने प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो ।

संक्रमित १२ जना र उहाहरुसँगै रहेका अन्य चारजना नेपालीलाई शुक्रबार साँझ नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा पठाईएको छ । कोरोना भाईरसको संक्रमण पुष्टी भए सँगै प्रहरीले हिजोदेखि गाउँलाई सुरक्षा घेरा भित्र राखेको छ ।

स्वाब परीक्षणको रिपोर्ट नआउन्जेल सम्म भुल्के गाउँमा आवतजावत पूर्ण रुपमा रोक लगाउँदै गाउँलाई चारैतिरबाट सुरक्षाकर्मीहरुले घेरा हालेर सुरक्षा गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपकप्रसाद पहाडीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *