जुरिक नेपाली स्पोर्ट्स क्लबले दोस्रो पिङ्ग पोङ्ग आयोजना गर्ने
Share

जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ द्रोसो पिङ्ग पोङ्ग प्रतियोगिता ” को आयोजना यहि आउने जुन मा गर्ने भएको छ।
जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम नेपाल तथा स्वीसमा गर्दै आएको कुरा सर्बबिदितै छ । त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिंदै स्वीस नेपालीबासीहरुको चाहनालाई मध्यनजर राख्दै जुरीकमा फेरी पनि “द्रोसो पिङ्ग पोङ्ग (Table Tennis) प्रतियोगिता २०२३” को आयोजना गर्ने भएको छ।
सम्पुर्ण स्वीस नेपालीबासीहरु प्रति पूर्ण रुपमा समर्पित रहेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम यहि २०२३ आउने जुनको १० तारिक शनिबारको दिन जुरीक नेपाली स्पोर्ट्स क्लब (ZNSC) ले खेल प्रतियोगिता सम्बन्धि आधिकारिक नियम सार्वजनिक गर्दै खेलाडी साथीहरुलाई सहभागिताका लागि आव्हान गरेको छ। कोरोना माहामारीको अबस्थामा पनि ” खेल नै स्वास्थको धन हो ” भन्ने मुल नाराका साथ खेलको माध्यमबाट आफ्नो आत्मबल उच्च राख्न र मन र शरीरलाई स्वस्थ र फ़ुर्तिलो बनाउनुका साथै नेपाली कला ,खेल र संस्कृतिको संरक्षण, सम्बर्धन गर्दै खेलाडीहरुलाई हौँसला प्रदान गर्नका लागि आयोजना गरेको प्रथम पिङ्पोङ कार्यक्रमले उल्लेखनिएरुपमा सफलता हाँसिल गरे पश्चात् फेरि पनि तपाइँहरुको माया, ममता , सदभाव तथा सहयोगको अपेक्षा राख्दै यो हुन गइरहेको (दोस्रो पिङ्ग पोङ्ग प्रतियोगिता ) यो कार्यक्रममा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ हृदय देखिनै जुरिक नेपाली स्पोर्ट्स क्लबले आमन्त्रण गरेको छ र प्रतिक्षामा छौं सहभागीता जनाउनुहुने नै छ भन्ने।
यस प्रतियोगितामा सिङ्गल र डबल खेल खेलाइने छ ।पुरस्कार प्रथम र दोश्रो मात्रलाई पुरस्कार दिने निर्णय भएको जानकारी गराउंदछौँ। डबलमा पहिलो हुनेलाइ २५०,- स्वीस फ्रान्क र दोश्रो हुनेलाइ १८०,- स्वीस फ्रान्क र त्यस्तै सिङ्गल तर्फ पहिलो हुनेलाई २०० स्वीस फ्रान्क र दोश्रो हुनेलाइ १०० स्वीस फ्रान्क नगदसहित ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ। साथै नेपाली दिदिबहिनीहरुमा पनि अनुरोध गर्न गइरहेका छौं। गत बर्षमा जस्तै यदि कुनै इच्छुक दिदिबहिनिहरुले खेलमा सहभागीता जनाउन चाहनुहुन्छ भने खेलमा आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ । दर्ता शुल्क सबै उपस्थिति भएमा कति जनाले सहभागिता जनाउनुहुनेछ त्यही परिणाम अनुसार साथै खेलाडीको निर्णय अनुसार तोकिने छ र पुरस्कार पनि सोहि अनुसार आयोजकले निर्णय गर्ने भनी सहमति भएको जानकारी गराइएको छ ।खेल प्रतियोगितामा आउने खेलाडी तथा अन्य पाहुनाहरुलाइ भैपरी समस्याहरु पर्न गएमा मुल आयोजक समितिलेनै हेर्ने जनाइएको छ।
जुरिक नेपाली स्पोर्ट्स क्लबको प्रतियोगिता सम्बन्धी नियमहरु :
१-खेल प्रतियोगिता गोलापर्था द्वारा खेलाइने छ।
२- खेल सम्बन्धि नियमहरु आयोजकले नै गर्नेछ तर केही परिवर्तन गर्नुपरेमा अन्य खेलाडीहरु संग पनि परामर्श गरिने छ।
३- खेल प्रचलित नियम अनुसार खेलाइने छ।
४- खेल नकाउत सिस्टममा खेलाइने छ तर दुबै खेलमा फाइनल भने बेस्टब ५ खेलाइने छ।
५- खेलमा कुनै किसिमको बादबिबाद भएमा रेफ्री र आयोजक कमिटीको निर्णय अनुसार समाधान गरिने छ ।
६- खेल बिहान ९.०० बजे देखि शुरु हुनेछ ।
७ – खेलमा सहभागीता जनाउनु हुने इच्छुक खेलाडी साथीहरुले ५ दिन अगाबै दर्ता गराउनु पर्ने आयोजक समितिले निर्णय गरेको जानकारी गराएको छ।
८- दर्ता शुल्क सिङ्गललाइ स्वीस फ्रान्क २०।- र डब्बल लाई स्वीस फ्रान्क ३०।- लाग्ने छ।
साथै सम्पुर्ण नेपाली स्वीसबासी तथा नेपाल प्रेमी स्वीसहरुलाइ पनि सहभागी भइदिनुहुन जुरिक नेपाली स्पोर्ट्स क्लबले अनुरोध गर्दै साथमा साधारण पिउने र खानेको पनि ब्यबस्था भएको जानकारी गराएको छ जस्तै अर्गानिक फ्राइ चिउरा,लाम को मासु अचार तथा अन्य परिकार र पेय पदार्थमा पानी, कोला,तथा अन्य पेय पदार्थ साथै साथमा रातो वाइन, सेतो वाइन र बियर राखेको जानकारी गराउदछौ तर अल्कोहल पदार्थको लागि मुल्य तिरेर पिउनु पर्ने ब्यबस्था गरिएको छ।
पुनश्च्य :-
खेल तोकिएकै समयमा हुने बाचा गर्दै यो समाचार लेख्ने समय सम्म खेल खेल्ने स्थान पहिले खेलेको स्थान जुरिक ओर्लिकोन माक्स बिल प्लजमा( outdoor ) हुने जानकारी गराउंदछौ अन्यथा कुनै कारण बस् बदली गर्नु परेमा वा बर्षात भएमा छिटोभन्दा छिटो खेल खेल्ने स्थान सुनिश्चित गरि तुरुन्त प्रकाशन गरिने र फोन तथा इ -मेल मार्फत जानकारी गराइने कुरा जुरिक नेपाली स्पोर्ट्स क्लबले जनाएको छ ।
स्थान : जुरिक ओर्लिको माक्स बिल प्लजमा
सम्पर्क गर्ने ब्यक्तिहरु!
देब राई – 0789044555
लोकेन राना – 0764546762
दल पुन
केशब लिम्बू
सुरज बिस्वकर्मा
आशिश
दिर्ग(मामा)