Type to search

मुख्य समाचार

शेयर बजार अनिश्चितकालका लागि बन्द

Share

शेयर बजार मंगलबार र बुधबार दुई दिन खुलेर फेरि अनिश्चितकालका लागि बन्द भएको छ ।११ चैतमा बन्दाबन्दीसँगै बन्द गरिएको बजारमा ५० दिनपछि मंगलबार कारोबार सुचारु भएको थियो ।

तर, मंगलबार र बुधबार दुबै दिन सर्किट ब्रेकरसहित बजार ओरालो लागेपछि फेरि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

नेपाल धितोपत्र बोर्डले अर्को व्यवस्था नहुन्जेलका लागि कारोबार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । आजैबाट कारोबार रोकिएको छ ।

लगानीकर्ताहरुले बजार बन्द गर्न बोर्डलाई दबाव दिएका थिए । दुई दिनको कारोबारमा नेप्से परिसूचक करिब ५० अंकले ओरालो झरेर १ हजार २०१ अंकमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *