Type to search

फोटोफिचर

दार्चुलाको छाङरुमा प्रहरी पोस्ट स्थापना

Share

दार्चुला, वैशाख ३१ । दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरुमा सीमा सुरक्षा पोस्ट स्थापना गरिएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार सशस्त्र प्रहरीको पोस्ट स्थापना गरिएको हो ।

बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र र नेपाल प्रहरीको टोलीलाई त्यहाँ उतारिएको हो ।सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापासहित २५ जना सशस्त्र र ९ जना नेपाल प्रहरीको टोली त्यहाँ पुगेको हो ।

प्रहरी निरीक्षकको कमान्डमा चेकपोस्ट रहने छ ।

उक्त क्षेत्र भारतले नेपाली भूमि मिचेर सडक बनाएको लिपुलेकभन्दा १३ किलोमिटर तलपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *