Type to search

मुख्य समाचार

वीरगञ्जका पत्रकारलाई कोरोना संक्रमण

Share

काठमाडौँ, ३० वैशाख । पर्सा जिल्लामा एकैदिनमा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये ४ जना स्थानीय पत्रकार पनि रहेको पुष्टि भएको छ ।

उनीहरु रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि आफैँले स्वाब संकलन गराई कोरोनाको परीक्षण गराएका थिए ।
उनीहरु पर्सा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी रहेको बताइएको छ ।

मंगलबार उनीहरुमा पनि कोरोना संक्रमण भेटिएको रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार पर्सामा सक्रिय चार पत्रकारलाई कोरोना देखिएको हो ।

बस्नेतले ४ जनाभन्दा बढी पत्रकार संक्रमित भएको हुन सक्ने पनि बताएका छन् । सबैको विवरण प्राप्त भइनसकेको उनले बताए ।

नेपालमा मंगलबार थप ५७ जनामा कोरोना भएको थियो । त्यसमा पर्सामा ३९ जना र बाराका १ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुमा ८ र रुपन्देहीमा ९ जनामा संक्रमण देखिएको छ । पछिल्लो कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *