नेपाली भूमीमाथि भारतीय हस्तक्षेप बन्द गर
Share
०८ मई २०२० का दिन भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरिएकोमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमाथि भारतीय साम्राज्यवादी हस्तक्षेप निरन्तर भइरहेको छ ।
भारतीय सरकारले एकतर्फी रुपका दार्चुला जिल्लाको गुञ्जी देखि लिपुलेक सम्म नेपाली भूभागमा करीव २२ किलोमिटर सडक निर्माण गरेको छ । त्यसैगरी नेपालको भूमी गुञ्जी दोभानबाट उत्तरतर्फ नाभी र कुटी सम्म पनि भारतले सडक र पुल निर्माण गरेको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखी नै नेपालको लिम्पियाधुरा, कालापानी क्षेत्रमा सैनिक अखडा राख्ने प्रक्रियागत निरन्तरताको एक उत्कर्षका रुपमा आएको छ।
त्यसैले भारतको यो अतिक्रणकारी कार्य र गतिविधीको हामी कडा शब्दमा विरोध तथा भ्रत्र्सना गर्दछौं । यसरी आफ्नो भूभाग भित्र भारतले सडक र पुल निर्माण गर्दा समेत नेपाल सरकार बेखबर रहेको भन्ने कुरा गम्भीर तथा रहस्यपूर्ण रहेको छ । यसले विगत देखी नै नेपाली सत्ताधारीहरुको भारतपरस्त तथा आत्मसमर्पणवादी चरित्र रहेको थप पुष्टि गर्दछ । इतिहास देखी निरन्तर भारतीय अतिक्रमणकारी कदम र नेपाल सरकारको आत्मसमर्पणवादी निती सार्वभौम नेपालको लागि खतरा रहिआएका छन् । यी दुवै प्रवृतिका बिरुद्ध प्रतिरोध गर्न हामी सम्पूर्ण देशभक्त नेपाली जनता संग अपिल गर्दछौं। साथै नेपाल सरकारको आगामी कदम के हो, तुरुन्त सार्वजनिक गर्न हामी माग गर्दछौ । यस मुद्दालाई तत्काल अन्तरराष्ट्रियकरण गर्न नेपाल सरकारलाई आव्हान गर्दै नेपाली भूमी अतिक्रमण तथा उपभोग गर्ने भारतीय नितीमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागी नहुन जनवादी गणतन्त्र चीन सरकारलाई हामी अपिल गर्दछौ ।