Type to search

मुख्य समाचार

लकडाउनको अवधि थप्नुपर्ने उच्चस्तरीय समितिको निश्कर्ष

Share

काठमाडौँ, २३ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।मंगलबार बालुवाटारमा भएको समितिको बैठकले कोरोनाको संक्रमण शून्यमा झार्न देशले अपनाएको लकडाउनले उल्लेख्य भुमिका निर्वाह गरेको बताएको छ ।

बैठकको निर्णय सुनाउँदै समिति सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोही पनि नागरिकले कोरोनाबाट मृत्युवरण गर्नु नपरोस् भनेर देशका सबै शक्ति परिचालन गरिएको र अझै सशक्त बनाउनु्पर्ने विषयमा छलफल भएको जानकारी दिए । लकडाउनको विषयमा मन्त्रिपरिषदले थप छलफल गरेर निर्णय गर्ने उनले जनाए ।

नेपालमा मंगलबारसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *