Type to search

मुख्य समाचार

उपचारपछि डिस्चार्ज भएका दुईजनामा फेरि कोरोना पोजेटिभ

Share

काठमाडौं । वीरगन्‍जमा नोभेल कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको छ । 

चैतदेखि वैशाखसम्म विभिन्‍न समयमा कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो । 

डिस्चार्ज भएकाहरुलाई एक सातापछि फलोअपमा बोलाइएको र कोरोना जाँच गर्दा दुईजनामा पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार कोरोना पुन: पोजेटिभ देखिनेमा एक भारतीय मुस्लिम र अर्का रौतहटका १९ वर्षीय किशोर रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *