Type to search

मुख्य समाचार

प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

Share

काठमाडौं, पुस ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कडा आलोचना गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओली बिनै बसेको स्थायी समिति बैठकले ओलीले संसद विघटन गरेकोप्रति विरोध गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लगिने भएको छ भने त्यसका लागि पुस ७ गते काठमाडौंमा बैठक बोलाइएको छ ।

संसद विघटन गरेर ओलीले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमा प्रहार गरेको बैठकले ठहर गरेको छ ।

यस्तै राष्ट्रपतिले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको बैठकले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *