Type to search

मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ५३ सय ३५ पुग्यो, १८ जनाको मृत्यु

Share

काठमाडौं, जेठ ३१ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घन्टामा ३६ महिलासहित २७३ जना नयाँ संक्रमित थपिएको बताए ।

योसँगै कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको उनले जानकारी दिए ।

त्यसैगरी, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

पर्साका बेवारिसे २५ वर्षीय मृतक पुरुष र बारा, निजगढका पाँच वर्षीय मृतक बालकमा कोरोना पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको उनले बताए ।

पछिल्लो २४ घन्टामा ३६ जना कोरोनामुक्त भएर अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९१३ पुगेको डा. गौतमले जानकारी दिए ।

देशभर हाल चार हजार ४०४ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ५० हजार ५४९ जना ‘क्वारेन्टिन’मा रहेका छन् ।

अहिलेसम्म एक लाख २७ हजार २८८ ओटा ‘पीसीआर’ परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *