Type to search

मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो

Share

काठमाडौं, जेठ ३० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४४८ जनामा संक्रमण पुष्टि भएको बताए ।

योसँगै कुल संक्रमितको संख्या पाँच हजार ६२ पुगेको उनले जानकारी दिए ।

हालसम्म देशभरका विभिन्न अस्पतालबाट ८७७ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् ।देशभर हालसम्म एक लाख २१ हजार ८६२ ‘पीसीआर’ परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ जनाको ‘आरडीटी’ परीक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा पाँच हजार ९२५ पीसीआर परीक्षण गरिएको उनले बताए ।देशभरका ‘क्वारेन्टिन’मा हाल एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् । देशभरका ‘आइसोलेसन’मा चार हजार १६९ कोरोना संक्रमित रहेका छन् ।

नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *