Type to search

मुख्य समाचार

नेपालमा एकै दिन कोरोना भाइरसका दश संक्रमित थपिए

Share

काठमाडौं, बैशाख २१ । नेपालमा आज १० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै प्रवक्ता डा विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताए । नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

डा देवकोटाले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको बताए । २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन् ।

२१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन् । ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *