Type to search

मुख्य समाचार

आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस

Share

काठमाडौं । आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ । कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने गरिने छैन ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ ।

नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् ।

रिपोर्टर विदाउट बोर्डरले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२औं  स्थानमा रहेको देखाएको छ ।गत वर्ष नेपाल १०६औँ स्थानमा थियो । दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ ।

नेपाल पत्रकार महासङ्घले राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकार गिरफ्तारका घटना बढी देखिएको जनाएको छ ।विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएको महासंघको ठहर छ । 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *