Type to search

मुख्य समाचार

टुकोनको राष्ट्रिय सम्मेलन असोजमा

Share

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को आज सम्पन्न केन्द्रीय पदाधिकारीहरूको बैठकले आगामी असोजको ५ गते श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ । ६६ जिल्लामा संगठन फैलाएको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु सहभागी गराउने बताइएको छ ।

महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी साउन ५ गते राप्रपा नेपाल निकट जनवर्गीय संगठनको संयुक्त आन्दोलनमा उल्लेखनीय सहभागिता जनाउने निर्णय गरेको छ । श्रमिकहरुको हकहितको लागि निरन्तर संघर्षमा रहेको सो महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । यो वर्ष श्रमिकहरुको ‘न्यूनतम पारिश्रमिक वृद्धि वर्ष’ भएकोले महासंघले प्रस्ताव गरे बमोजिम पारिश्रमिक वृद्धि नगरीए कडा आन्दोलन गने चेतावनी समेत दिएको छ ।

आजको सो बैठकले लामो समय परराष्ट्र सेवामा संलग्न भई सरकारी सेवाबाट निवृत्त भएका राजाराम वर्तौला चुनेली (मकवानपुर) लाई महासंघको प्रमुख सल्लाहकारमा मनोनयन गरेको छ । यसैगरी श्रमिक आन्दोलनमा निरन्तर संलग्न श्रमिक अगुवा, यातायात श्रमिकमा क्रियाशिल व्यक्तित्व एवं सञ्चारकर्मी दिपक खड्का (मकवानपुर) ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) मा समाहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *