Type to search

मुख्य समाचार

चाडपर्व लक्षित गर्दै व्यापारीहरुले प्रशस्त मात्रामा चिनीको आयात

Share

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा ४७ हजार टन चिनी आयात भएको छ । व्यापारीले भारत र अस्ट्रेलियाबाट गरी चालु आर्थिक वर्षको पहिलो २ महिनामा ४७ हजार टन चिनी आयात गरेका छन् ।

आपूर्ति मन्त्रालयका अनुसार चाडपर्वहरुमा ३० हजार टन चिनी आवश्यक पर्ने गरेको छ ।दुई महिनामा २ अर्ब २९ करोड ४० लाख रुपैयाँबराबरको ४६ हजार ९ सय ४२ टन चिनी आयात भएको छ र जसबाट सरकारले १ अर्ब ३१ करोड रुपैयाँ आयात राजस्व उठाएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा व्यापारीले चाडपर्वका लागि पर्याप्त चिनी आयात गरेका छन् ।

सरकारले आधा भन्सार छुट गरेका कारण सरकारी चिनी पनि आयातको क्रममा रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले आयातका लागि भारतीय कम्पनीलाई ठेक्का दिइसकेको र सरकारी चिनी आयात भएपछि बजारमा मूल्य सन्तुलन हुने जानकारी गराइएको छ ।

फोटो समाचार : संचार माध्यम

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *