Type to search

मुख्य समाचार

कोरोनाले १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु,२५ लाख ५६ हजारबढी संक्रमित

Share

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार २८७ पुगेको छ । १६ लाख ८७ हजार ३३६ कोरोनाका संक्रमितको उपचार भइहेको छ । यसमध्ये ५७ हजार २५४ जनाको अवस्था गम्भीर रहको छ । बाँकीको अवस्था मध्यम रहेको छ । अहिलेसम्म विश्वभर २५ लाख ५६ हजार मा कोरोनाको संक्रमण देखिसकेको छ । 

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजार २२७ जनाको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६४८ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ । 

नेपालमा भने कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । जम्मा ४२ जनामा संक्रमण देखिएको छ । यसमध्ये ४ जना निको भएर घर फर्किसकेका र बाँकीको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *