Type to search

मुख्य समाचार

चीनबाट मेडिकल सामग्री खरिदका लागि सेनाले गर्‍यो सम्झौता

Share

काठमाडौं, वैशाख । नेपाली सेनाले चीनबाट करिब सवा दुई अर्ब रुपैयाँ बराबरको मेडिकल सामग्री खरिद गर्न सम्झौता गरेको छ ।सेनाले मंगलबार ‘भिडिओ कन्फरेन्स’मार्फत् पत्रकार सम्मेलन गरी गत आइतबार चीनसँग मेडिकल सामग्री ल्याउने सम्झौता भएको जनाएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले एक करोड ८४ लाख ४१ हजार डलर बराबरको मेडिकल सामग्री ‘जीटुजी’ प्रक्रियाबाट खरिद गर्न लागेको जानकारी दिए ।

सम्झौताअनुरूप चीनबाट ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याइने छ भने अत्यावश्यक सामग्री हवाईमार्ग र अन्य स्थलमार्गबाट ल्याइने छ ।चीनको ग्वान्जाओेबाट पहिलो चरणमा अतिआवश्यकीय सामग्री हवाईमार्गबाट आउने र अन्य सामग्री विभिन्न चरणमा ल्याइने भन्दै उनले स्थलमार्गबाट आउने सामानको ‘डेलिभरी’ काठमाडौंमै दिने ठेकेदारको खोजी भइरहेको जानकारी दिए ।

यसैगरी, औषधि भने भारतबाट ल्याउने तयारी भइरहेको पनि सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *