Type to search

मुख्य समाचार

उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जीवितै

Share

सोल, वैशाख १५ । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जीवितै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् ।पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीररुपमा बिरामी रहेको अथवा कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पस्ट गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिएका हुन् ।उनले भनेका छन्–‘हाम्रो सरकारको सूचना बलियो छ । उहाँ स्वस्थ र जीवितै हुनुहुन्छ ।’उनले अमेरिकी टेलिभिजन ‘सीएनएन’सँगको अन्तर्वार्ताका क्रममा सो जानकारी गराएका हुन् ।

उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भू–भागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको उनले सो टीभीलाई बताए ।यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उनको उपस्थिति नदेखेपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले केहीले उनी गम्भीर बिरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

त्यसदिन नेता किमका हजुरबुवा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । किम इल सुङ उत्तर कोरियाका संस्थापक थिए ।

गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेको थियो ।तर पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्नेबारे केही जानकारी दिएको छैन ।किम केही समयदेखि सार्वजनिकरुपमा कार्यक्रमहरुमा देखिएका छैनन् ।अमेरिकी सञ्चारमाध्यम सीएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अतिगम्भीर रहेको बताएको थियो ।

तर, दक्षिण कोरियाका दुई अधिकारीले सो कुराको सोही समयमा खन्डन गरेका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *