Type to search

मुख्य समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो

Share

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् ।प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ ।

हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसैगरी करिब नौ लाख २० हजार मानिस उपचारपछि घर फर्किएका छन् ।अमेरिकामा ५६ हजार ६४९ जनाको मृत्यु भएको छ । इटाली र स्पेनमा क्रमशः २६ हजार नौ सय ७७ र २३ हजार ५ सय २१ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्स, जर्मनी, बेलायत र टर्कीमा एक लाख भन्दा बढी संक्रमित रहेको बताइएको छ ।यता नेशनल एसोसिएसन फर बिजनेस इकोनोमिक्स (एनइबीई) द्वारा सार्वजनिक सर्वेक्षण अनुसार कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा वित्तीय संकट आउन सक्ने चेतावनी दिएको छ ।

यसैबीच कोराना भाइरस संक्रमणको रोकथाममा लापरवाही गरेको आरोप लागेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले संगठनको बचाउ गरेका छन् ।महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले गत जनवरीमा डब्लुएचओले घोषणा गरेको स्वास्थ्य संकटकालको घोषणा गर्दा विश्वले त्यसको बेवास्ता गरेको बताए ।उनले त्यसबेला चीनबाहेक ८२ जना मात्र कोरोनाका संक्रमित फेला परेको बेला डब्लुएचओको सल्लाहमा अघि नबढ्दा परिणाम भयावह भएको प्रतिक्रिया दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले कोरोना संक्रमणको सूचना लुकाएर चरम लापरवाही गरेको आरोप लगाएका छन् ।राष्ट्रपति ट्रम्पको आरोपसँगै अमेरिकाले डब्लुएचओले पाउने अमेरिकी आर्थिक सहायता पनि रोकेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *