Type to search

मुख्य समाचार

असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’मा

Share

काठमाडौं, जेठ २९ । सरकारले ‘लकडाउन’ व्यवस्थापन गर्नेक्रममा असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’मा चलाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन व्यवस्थापनसम्बन्धी पहिलो २१ दिने योजना सुनाए ।

जसअनुसार असार १ गतेदेखि सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुनेछन् ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी ‘प्रोटोकल’को पालना गर्नुपर्ने जनाइएको छ ।

सरकारले ‘प्याकिङ’ र ‘टेक अवे’ सेवा दिनेगरी रेस्टुरेन्टहरु खुला गर्ने तर होटल तथा ‘नाइट’ क्लबहरु खुल्न नदिइने पनि जनाएको छ ।

मोटरसाइकलमा एकजनाभन्दा धेरै चढ्न नपाइने र चारपांग्रे निजी सवारी–साधनमा चालकबाहेक दुईजना चढ्न पाउने तथा सबै प्रकारका ढुवानी खुला गरिने जनाएको छ ।

यस्तै, सरकारले नेपाल र भारतबीचको सीमा विवाद सम्बन्धमा प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

नीति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरिएको जानकारी सरकारका प्रवक्ता डा. खतिवडाले दिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *