Type to search

मुख्य समाचार

पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

Share

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । आइतबार ३४५६ जनामा परीक्षण गर्दा १७६ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *