Type to search

मुख्य समाचार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ मा

Share

काठमाडौँ, २५ वैशाख । आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ । दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत गर्ने कार्यतालिका तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रिबजेट छलफल वैशाख २८ गतेदेखि प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा दुई दिन हुनेछ । सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार वैशाख २८, २९ र ३० गते प्रतिनिधिसभा र २८ र २९ गते राष्ट्रियसभामा प्रि बजेट छलफल हुनेछ ।

जेठ १५ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप बजेट ल्याउनुअघि प्री बजेट छलफल हुनुपर्नेछ । संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलावटलाई ध्यानमा राखेर सबै सांसदहरुको कोरोना परीक्षण गरिँदैछ । त्यस्तै, सांसदहरुले आफ्नो कोरोना परीक्षणको रिपोर्ट देखाएर मात्रै बैठक भवनभित्र प्रवेश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *