Type to search

मुख्य समाचार

भारतमा विषाक्त ग्यास लिक हुँदा १३ को मृत्यु

Share

भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा बिहीबार विषाक्त ग्यास लिक हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ।

विशाखापटनममा रहेको एलजी पोलिमर्स प्लान्टको ग्यास लिक हुँदा उनीहरुको मृत्यु भएको हो। ग्यासको असरले ३ सयभन्दा बढी बिरामी भएका छन्। उनीहरुलाई आपतकालीन रुपमा उद्धार गरेर अस्पताल पुर्‍याइएको बीबीसी हिन्दीले जनाएको छ।

प्रहरीले ग्यास प्लान्ट आसपासका पाँच गाउँ खाली गराएर त्यहाँका १ हजार ५ सय व्यक्तिलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ। कैयौंले आँखामा जलन भएको र सास फेर्न गाह्रो भएको बताएका छन्। खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन्।लकडाउनमा बन्द रहेको ग्यास प्लान्ट बिहान सबेरै कामदारहरुले खोल्ने क्रममा स्टाइरिन नामक ग्यास लिक भएको थियो। जुन वेला मानिसहरु सुतिरहेका थिए। 

ग्यास वरिपरिको बस्तीमा फैलिंदा कतिपय मानिस बेहोश भएका र कतिपयलाई सास लिनमा समस्या भएको ग्रेटर विशाखापटनम म्यूनिसिपल कर्पोरेशनका कमिश्नर श्रीजाना गुमालाले ट्विटरमा लेखेका छन्।मयूनिसिपल कर्पोरेशनले ग्यास प्यान्टको करीब तीन किलोमिटर क्षेत्र जोखिममा रहेको जनाएको छ।

यो केमिकल प्लान्ट एलजी पोलिमर्स इन्डिया प्रालिको हो। सन् १९६१ मा बनेको प्लान्ट हिन्दुस्तान पोलिमर्सको थियो, जसलाई १९९७ मा कोरियाली कम्पनी एलजीले लिएको थियो। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *