Type to search

मुख्य समाचार

अमेरिकाले आप्रवासीलाई अस्थायी रुपमा रोक्ने आदेशमा ट्रम्पले हस्ताक्षर गर्दै

Share

एजेन्सी, बैशाख ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्नै भएका छन् ।कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा सबै आप्रवासनको अस्थायी रुपमा निलम्बित गर्न लागिएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘अदृश्य शत्रूको आक्रमण र हाम्रा महान् अमेरिकी नागरिकको जागीरको रक्षा गर्नु आवश्यक रहेकाले अमेरिकामा आप्रवासीलाई अस्थायी रुपमा रोक्न म कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु ।’

उनले आप्रवासी रोक्नका लागि कस्तो विधि अपनाउने छन् र यो कति लामो अवधिका लागि हुनेछ भन्ने पनि कुनै उल्लेख गरिएको छैन ।महामारीको खराब अवस्था पार गरेको र मुलुक क्रमशः आफ्ना गतिमा फर्कने दाबी गरिएकै बेला ट्रम्पले यो आदेश जारी गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *