Type to search

मुख्य समाचार

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका, पुनःपरीक्षणका धरान पठाइयो

Share

काठमाडौं, ९ वैशाख / उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरिएको छ ।८ जनाको स्वाब विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा १३ कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनः परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताए । उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *