बलिउड स्टार इरफान खानको ५३ बर्षको उमेरमा निधन
Share

हिन्दी सिनेमा जगतमा विशिष्ठ स्थान हासिल गर्नु भएका इरफान खानको ५३ बर्षको उमेरमा निधन भएको पुष्ठि भएको छ । खानलाई हिजो पेट सम्बन्धी समस्याका कारण मुम्बईको कोकिलावन अस्पतालको सघन उपचार कक्षामा भर्ना गरिएको थियो ।
२०१८ मा नसा सम्बन्धि गम्भिर समस्याको उपचार पछि पछिल्लो पटक खानले इङ्लिस मिडियम नामक चलचित्रमा अभिनय गरेका थिए । उक्त चलचित्र नै खानको अन्तिम चलचित्र बन्न पुगेको छ ।
स्लमडग मिलिनिएरमा प्रहरी अधिकृतका रुपमा अन्तराष्ट्रिय दर्शकमा चिनिएका खानले हैदर तथा इङ्लिस मिडियम जस्ता चलचित्रहरुमा उत्कृष्ठ अभिनय गरेका छन ।