Type to search

अर्थ/वाणिज्य

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपियाँ भत्ता

Share

पोखरा, बैशाख १ गते । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई राख्ने प्रबन्ध मिलाउनकालागि दैनिक भत्ता दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बैठकले कोरोना भाइरसको संक्रमित दुई जनाको उपचार, डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला र अन्य काम गर्ने कर्मचारीलाई दैनिक दुई हजार २५० रुपियाँको दरले भत्ताको दिने निर्णय गरिएको बस्नेतले जानकारी दिनुभयो । कोरोना भाइरसबाट संक्रमितको उपचार गर्नु आफैमा जोखिमपूर्ण भएकाले उहाँहरुलाई दैनिक भत्ताका साथै खान, बस्ने समेत व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश सरकारले सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको पश्चिमा पृतना पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरालाई स्वास्थ्य सम्बन्धी सामग्री खरिद गर्नका लागि १५÷१५ लाख रुपियाँ विनियोजन गरिएको छ । लेखनाथ सामुदायिक लायन्स अस्पतालको मर्मत सम्भार गर्ने सरकारको पहिलै नै योजना अनुसार प्रदेशको मातहतमा ल्याउनको लागि कार्य अगाडि बढाउने निर्णय बैठकले गरेको छ भने उक्त अस्पतालको मर्मत सम्भार प्रदेशकै नमुना अस्पताल बनाउन काम थालनी गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *