Type to search

विश्व

हुथी विद्रोहीले चार पत्रकारलाई मृत्युदण्डको सजाय

Share

काठमाडौं, चैत्त ३० गते । यमनका हुथी विद्रोहीसँग सम्बन्धित एक अदालतले चारजना पत्रकारलाई मृत्युदण्डको सजाय सुनाएको छ । सऊदी अरबले नेतृत्व गरेको गठबन्धनलाई सघाएको आरोपमा चारैजना पत्रकारलाई मृत्युदण्ड दिने सजाय सुनाइएको पत्रकारका कानुन व्यवसायीले जनाएका छन् ।

हुथी विद्रोहीले शत्रुसँग साँठगाँठ गरेको आरोपमा ११ जना पत्रकारलाई बन्धक बनाएको थियो । मृत्युदण्डको सजाय सुनाइएका चारजना बन्धक बनाएकामध्येका हुन । कानुन व्यवसायीले अब्देल खालेक अरमान, अकरम अल वालिदि, हारेथ हामीद र तौफिक अल मन्सुरी चारजना पत्रकारमाथि उक्त सजाय सुनाइएको हो । अन्य छ जना पत्रकारमाथि सऊदी गठबन्धनलाई गलत समाचार सम्प्रेषण गरी सघाएकोसँग उक्त आरोप नै लगाइएको छ । यद्दपी उनीहरु छ जनालाई बन्धकपछि मुक्त गरिने एएनआईले उल्लेख गरेको छ ।

एमनेष्टी इन्टरनेशनलले गत वर्ष बन्धक बनाइएका ११ जना पत्रकारलाई निर्ममतापूर्वक कुटपीट गरिएको, पानी खान नदिएको जनाएको थियो । सन् २०१५ को जुनमा सानास्थित एक होटेलबाट दशजना पत्रकारलाई हुथी विद्रोहीले नियन्त्रणमा लिएको थियो । अर्का एक पत्रकारलाई घरबाटै नियन्त्रणमा लिइएको थियो ।

यमन सन् २०१४ देखि गृहयुद्धको चपेटामा परेको छ । हुथी विद्रोहीले राजधानीसँग उत्तरी भूभाग नियन्त्रण लिएको छ । सऊदी अरबका अनुसार हुथी विद्रोही इरान समर्थित लडाकु समूहको समर्थन रहेको दाबी गर्दै आएको छ । सन् २०११ को अरब आन्दोलनपछि पूर्व राष्ट्रपति अली अब्दुल्लाह बलपूर्वक सत्ता छोडन लगाइएका थिए । हुथी विद्रोही अब्दुल्लाहलाई समर्थन गर्दै आएको बताइन्छ ।

कोरोनाभाइरस संक्रमणको विश्वब्यापी महामारीका बीच यमनको अवस्था अझै नियन्त्रणबाहिर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्यपूर्वका लागि संयुक्त राष्ट्र संघीय प्रतिनिधिले भने महामारीका बीच युद्धमा संलग्न सबै सहभागीलाई विरामका लागि आग्रह गरेको थियो । मध्यपूर्वमा कोरोनाभाइरसका एक लाख ३४ हजार संक्रमित छन् । पाँच हजार तीनसयको मृत्यु भइसकेको छ । इरानमा मात्रै चारहजार एकसय संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *