Type to search

स्विस/प्रवास

स्विट्जरल्याण्डले गर्‍यो लकडाउन खुकुलो

Share

पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएपछी स्विस सरकारले कोरोना कडाइ सम्बन्धि नियम खुकुलो बनाएको छ ।
नयां नियम आउंदो सनिबार २६ जुन देखी लागु हुने कुरा स्विस स्वास्थ्य मन्त्री अला बार्सेले हिजो २३ जुन बुधवारका दिन पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
कोरोना संक्रमितमा कमी आउनुको मुख्य कारण जनताले सरकारले दिएको निर्देशान पालन गर्नु, कोरोना बिरुद्दको खोप द्रुत गतिमा लगाइनु आदी कारण भएको बताउंदै मन्त्री बार्सेले अबको केहि महिना भित्र स्विस नागरिकहरुलाई कोरोना बिरुद्ध खोप लगाइसकिने जानकारी दिएका छन् ।

आउंदो सनिबार देखी खुल्ला गरिएको नियमहरु
-बार् ,क्लब् , डिस्कोहरु खुल्ला गरिएको छ ।
-वाटरपार्कहरु खुल्ने छन्।
-होम अफिसलाई बाध्यकारीबाट हटाइ स्वइच्छि बनाइएको छ ।
-ठुला ठुला कार्यक्रमहरु गर्न खुल्ला गरेको छ। तर कोभिड सर्टिफिकेट मार्फत संख्यामा बन्देज नलगाए पनि सर्टिफिकेट बाध्यतकारी नभएको कार्यक्रममा भने १००० को संख्यामा मात्र सिमित भनेर तोकिएको छ ।
-खुल्ला स्थानमा मास्कको प्रयोग गर्नु पर्ने छैन ।
-रेस्टुरेन्टहरुमा बाहिर्( गार्डेन एरियामा)संख्या तोकिएको छैन। क्षमता अनुसार जतिपनी पाइने छ भने भित्री एरियामा अझैपनी पहिलेकै नियमन पालना गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *