Type to search

स्विस/प्रवास

स्विट्जरल्याण्डमा मनाईयो तीज कार्यक्रम

Share

गत ५ सेप्टेम्बर २०२१ आइतवारको दिन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड्द्वारा आयोजित हिन्दु महिलाहरुको हरितालिका तिज कार्यक्रम सम्पन्न भएको छ।

कोरोना महामारीका कारण गत दुइ बर्ष देखि स्विट्जरल्याण्ड्मा तिज लगाएत अरु कुनै पनि कार्यक्रमको आयोजना भएको थिएन। कोरोना महामारी सुरु भए पछि अहिले सम्मको पहिलो कार्यक्रम हो यो ” तिज कार्यक्रम”।

कार्यक्रममा स्विस तथा जर्मनी,फ्रान्स,पोर्चुगल र अस्ट्रिया बसोबास गर्ने नेपाली र नेपाल प्रेमी बिदेशीहरुको उल्लेखनीय उपस्थित रहेको थियो। कोरोना महामारीका कारण एक आपसमा भेटघाट हुन लामो समय देखि बन्चित भएको अनुभूतिलाइ बिर्साउन उपस्थित सम्पूर्ण नेपाली दिदीबहिनीहरु रातैराता पहिरनमा सजिएर नाचगान गरी हर्षोउल्लासका साथ हरितालिका तीज मनाएका थिय।

एनआरएन स्विट्जरल्याण्डको इतिहासमा (२०२१-२०२३ कार्यकालका लागि) पहिलो पटक महिला अध्यक्ष भएकी शुभ एल्मर लामाद्वारा उक्त तिज कार्यक्रम दियो बालेर संचालन गरिएको थियो । स्विट्जरल्याण्डको आराउ कान्टोन स्थित स्टाउफेनमा आयोजित उक्त कार्यक्रमलाइ एनआरएनए महिला फोरम स्विट्जरल्याण्डकी संयोजक चम्फा रुकस्टुल ज्ञवालीले संचालन गरेकी थिइन्। कार्यक्रम भाषण रहित भएका कारण उपस्थित सबैले रमाइलो र आनन्द लिएका थिय।

अस्ट्रियादेखि आएकी निर्मला डंगोलले फुलबुटे सारीमा नृत्य प्रस्तुत गर्दै नाचगान सुरु भएको थियो ।कार्यक्रममा पोर्चुगलदेखि आएकी कलाकार संगिता पुनले तीजको लहर आयो बरिलै गितमा नृत्य प्रस्तुत गरेकी थिइन् भने सबन महत्तले लाली गुरास अजम्बरी बोलको गीत सुनाएकी थिइन् । दल पुन र शशी शंकर यादवको समुहले खानाको ब्यबस्था गरेका थिय ।

कोरोना महामारीभन्दा गत बर्षहरुमा हरितालिका तिज कार्यक्रम स्विट्जरल्याण्डको बादेन निवासी श्रीमती बिजया भट्टले गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *