स्विटजरल्याण्डमा संघिय संसदको चुनाव सम्पन्न : अग्रतामा पपुलिस्टहरु / वाम झुकाव राख्नेहरुको मत घट्यो
Share

-लक्ष्मण देवकोटा
संघीय गणतान्त्रिक व्यवस्था भएको मुलुक स्विटजरल्याण्डमा गएको आइतवार सम्पन्न संघीय संसदको चुनावमा राष्ट्रवादी विचार राख्ने पपुलिस्ट दल स्विस पपुलर पार्टीले सबैभन्दा बढ़ी मत ल्याएर अग्रता हासिल गरेको छ।

दुई सय सीट रहेको संसदको तल्लो सदनमा यो पार्टीले ६२ सीट जितेको छ। चार वर्ष अघिको चुनावमा निकै चर्चामा रहेको वामपंथी रुझान राख्ने ग्रीन पार्टीले भएको सीट पनि गुमाएर जम्मा २३ सिटमा चित्त बुझाउनु पर्यो । स्विस समाजवादी पार्टीले ४१ सीट, क्रिश्चियन डेमोक्र्याट सेंटर अलायंसले २९ सिट, र्याडिकल पार्टीले २८ सिटमा विजय हासिल गरेका छन् ।
मार्को सियाजाको अगुवाइमा रहेको पपुलर पार्टी आप्रवासीहरूप्रति कडा नीतिको वकालत गर्छ । स्वास्थ्य समस्या र बदलिंदो मौसमले स्वीसमा पारेको असर उनीहरुको चुनावी एजेण्डा थियो ।
आप्रवासीहरूप्रति नरम नजर राख्ने ग्रिन पार्टीको संसदमा कमजोर उपस्थिति रहनेछ ।

इजरायल प्यालेष्टाइन लडाइॅ, युक्रेन र रुसको लडाइॅका कारण ग्रिन मत पपुलरतिर ढल्किए पनि स्विस आफैमा तटस्थ मुलुक हो । ४६ सिटको माथिल्लो सदन काउन्सिल अफ स्टेट र तल्लो सदनको सॅयुक्त सॅसद अधिवेशन डिसेम्बरमा बसेर नयां सरकार गठन हुनेछ । स्विस परम्परा अनुसार सबैभन्दा बढि मत ल्याउने मुख्य चार दलले मिलिजुली सरकार बनाएर आलोपालो चलाउनेछन् ।