स्विटजरल्याण्डको कान्टोंन ग्राउबुन्देन स्थित `कुर`को स्थानीय चुनावमा नेपालीको उमेद्वारी !!
Share

बारा जिल्लामा जन्मेका ४२ बर्षिय राम कुमार दास स्विटजरल्याण्डको कान्टोंन ग्राउबुन्देन स्थित कुर
मा गत २००८ साल देखि परिवार संगै बस्दै आएका छन् । नर्सिङ सेवामा कार्यरत राम कुमार दास नर्सिङ कै पेशालाइ अंगाल्दै स्थानीय क्षेत्रमा राजनीति पार्टी (SP) सामाजिक लोकतान्त्रिक पार्टीमा छिरेका छन् । गत चार बर्ष देखि उनि स्थानीय सामाजिक लोकतान्त्रिक पार्टीमा सदस्य भइ भूमिका निभाउँदै आएका छन्।

नर्सिङ सेवामा कार्यरत उनि नर्सिङ क्षेत्रमा “बलियो हेरचाह र सबैका लागि समान अधिकार ” र ” जलवायु र प्रगतिको लागि परिवर्तन ” भन्ने सामाजिक लोकतान्त्रिक पार्टीको नारालाई अगाडी बढाउँदै स्विटजरल्याण्डको कान्टोंन ग्राउबुन्देन स्थित कुर
को स्थानीय चुनावमा राम कुमार दासले सामाजिक लोकतान्त्रिक पार्टीको (SP) स्थानीय प्रदेश संसदमा उमेद्वारी दिएका छन्।
स्विटजरल्याण्डको कान्टोंन ग्राउबुन्देन स्थित कुर
मा आउँदो मे महिनाको १५ तारिखमा स्थानीय प्रदेश संसदमा छनोट कार्य सम्पन्न हुनेछ । स्विटजरल्याण्डको प्रदेश संसदको उमेद्वार हुने उनि पहिलो नेपाली हुन्। प्रदेश संसदको चार बर्ष अवधिमा ग्राउबुन्देन प्रदेश क्षेत्र भरि गरि १२० जना हुने छन्।
राम कुमार दासलाइ स्विस नेपाल डट कम परिवारका साथै सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना !!
Congratulations