जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “प्रथम पिङ्पोङ प्रतियोगिता”को आयोजना गर्ने
Share
![](https://swissnepal.com/wp-content/uploads/2021/06/13406831_120219701734606_1758240825526951726_n-477x394.jpg)
जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “प्रथम पिङ्पोङ प्रतियोगिता ”को आयोजना आउने जुलाईमा गर्ने भएको छ।
जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम नेपाल तथा स्वीसमा गर्दै आएको कुरा सर्बबिदितै छ । त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिंदै स्वीस नेपालीबासीहरुको चाहनालाई मध्यनजर राख्दै जुरीकमा “प्रथम पिङ्पोङ (Table Tennis) प्रतियोगिता २०२१” को आयोजना गर्ने भएको छ।
सम्पुर्ण स्वीस नेपालीबासीहरु प्रति पूर्ण रुपमा समर्पित रहेर आयोजना गर्न लागिएको “प्रथम पिङ्पोङ (Table Tennis ) प्रतियोगिता २०२१” यहि आउने जुलाइ ३१ तारिक शनिबारको दिन जुरीक नेपाली स्पोर्ट्स क्लब (ZNSC) ले खेल प्रतियोगिता सम्बन्धि आधिकारिक नियम सार्वजनिक गर्दै खेलाडी साथीहरुलाई सहभागिताका लागि आव्हान गरेको छ। कोरोना माहामारीको अबस्थामा पनि ” खेल नै स्वास्थको धन हो ” भन्ने मुल नाराका साथ खेलको माध्यमबाट आफ्नो आत्मबल उच्च राख्न र मन र शरीरलाई स्वस्थ र स्फुर्त बनाउनुका साथै नेपाली कला खेल र संस्कृतिको संरक्षण, सम्बर्धन गर्दै खेलाडीहरुलाई हौँसला प्रदान गर्नका लागि आयोजना गरेको प्रथम पिङ्पोङ कार्यक्रमले उल्लेखनिएरुपमा सफलता हाँसिल गर्नेछ भन्ने जुरिक नेपाली स्पोर्ट्स क्लबले प्रतिक्षा गरेको छ ।
यस प्रतियोगितामा सिङ्गल र डबल खेल खेलाइने छ । प्रथम र दोश्रो पुरस्कार भएको जनकारी गराउंदछौँ। डबलमा पहिलो हुनेलाइ २०० स्वीस फ्रान्क र दोश्रो हुनेलाइ १०० स्विस फ्रान्क । त्यस्तै सिङ्गल तर्फ पहिलो हुनेलाई २०० स्वीस फ्रान्क र दोश्रो हुनेलाइ १०० स्विस फ्रान्क नगदसहित ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ ।खेल प्रतियोगिता आयोजक मूल समितिलेनै हेर्ने जनाएको छ।
जुरिक नेपाली स्पोर्ट्स क्लबको प्रतियोगिता सम्बन्धी नियमहरु :
१-खेल प्रतियोगिता गोलापर्था द्वारा खेलाइने छ।
२- खेल सम्बन्धि नियमहरु आयोजकले नै गर्नेछ तर केही परिवर्तन गर्नुपरेमा अन्य खेलाडीहरु संग पनि परामर्श गरिने छ।
३- खेल प्रचलित नियम अनुसार खेलाइने छ।
४- खेल नकाउत सिस्टममा खेलाइने छ तर दुबै खेलमा फाइनल भने वेस्टब ५ खेलाइने छ।
५- खेलमा कुनै किसिमको बादबिबाद भएमा रेफ्री र आयोजक कमिटीको निर्णय मान्य हुनेछ ।
६- खेल बिहान १० बजे देखि शुरु हुनेछ ।
७ – खेलमा सहभागीता जनाउनु हुने इच्छुक खेलाडी साथीहरुले ५ दिन अगाबै दर्ता गराउनु पर्ने हुन्छ साथै अन्य पाल्नुहुने पाहुनाहरुले पनि अगाबै दर्ता गर्नु पर्ने छ किनकी कोरोनाको माहामारिले गर्दा यस्तो नियम राख्न बाध्य भएको जानकारी गराउंदछौँ।
८- दर्ता शुल्क सिङ्गललाइ स्वीस फ्रान्क १५।- र डबल लाई स्वीस फ्रान्क ३०।- लाग्ने छ।
साथै सम्पुर्ण नेपाली स्वीसबासी तथा नेपाल प्रेमी स्विसहरुलाइ पनि सहभागी भइदिनुहुन जुरिक नेपाली स्पोर्ट्स क्लबले अनुरोध गर्दै साथमा साधारण पिउने र खानेको पनि ब्यबस्थापन भएको जानकारी गराएको छ।
पुनश्च्य :-
खेल तोकिएकै समयमा हुने जिकिर गर्दै स्थान नतोकिएकोले छिटोभन्दा छिटो खेल खेल्ने स्थान सुनिश्चित गरि तुरुन्त प्रकाशन गरिने जुरिक नेपाली स्पोर्ट्स क्लबले जनाएको छ ।
सम्पर्क इ-मेल तथा टेलीफोनहरु
लोकेन राना मगर
०७६४५४६७६२
miruwana@gmail.com
देब राई
०७८९०४४५५५
devswiss@gmail.com