एन आर एन ए स्विस भलिबल कप को बिस्तृत जानकारी प्रकाशित !!
Share
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा आयोजना गरिएको भलिवल कार्यक्रम आउँदो २०२२ जुन महिनाको ११ गते शनिवारको दिन बिहान ठिक १०:०० बजे देखि खेल सुरु हुनेछ। उक्त दिन मौसम अनुसार हलभित्र र बाहिर खुल्ला चौरमा खेल खेल्न खेलमैदान पनि छनौट गरिएको छ। एन आर एन ए स्विस भलिबल कपमा भाग लिन सम्पूर्ण स्विसबासि नेपालीहरुलाई बिनम्र अनुरोध गर्दै खेल स्थान , उपस्थित टिमहरुको शुल्क र पुरस्कारहरुको बिस्तृत जानकारी तल उल्लेखित गरिएको छ ।
भलिवल टिम दर्ता शुल्क - १५० फ्रान्क
पहिलो पुरस्कार – ट्रफी(कप) सहित ३०० स्विस फ्रान्क र पदक
दोश्रो पुरस्कार – २०० स्विस फ्रान्क र पदक
तेश्रो पुरस्कार – १५० स्विस फ्रान्क र पदक
नोट :
राम्रो मौसम भएमा बाहिर खुल्ला खेल मैदानमा खेलाइने जानकारी गराइएको छ । खुल्ला खेल मैदानको ठेगाना : Erlensträsschen 90, 4125 Riehen रहेको छ। उक्त स्थान सम्म गाडीमा जानु हुने खेलाडी लगाएत दर्शकहरुका लागि खुल्ला खेल मैदान भन्दा करिव १०० मिटर अगाडी पार्क रहेको जानकारी गराउंदछौँ।
सार्वजनिक यातायातमा जानु हुनेले बासेल ट्रेन स्टेसनबाट बाधिसे बानफ़ जाने दुइ (२ ) नम्बरको ट्राम लिई मेस्से प्लात्जमा ओर्लेर छ (६) नम्बरको राइन जाने ट्राम लिई राइन डोर्फ़मा ओर्लेर Erlensträsschen तिर लागेमा उक्त खेल मैदानमा आइ पुग्नुहुनेछ।
खेलाडीहरुका लागि खाना र सफ्ट पेय पदार्थ फ्री हुनेछ भने दर्शकहरुले तिर्नु पर्नेछ।
जानकारी लगाएत कुनै किसिमको सहयोग गर्न चाहनुहुने व्यक्तिले कृपया हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ! धन्यवाद
Jiban Bhattarai
+41788748586
susjiban@gmail.com
Binita Sunar
ssayron@ymail.com
+41 79 552 07 20
आयोजक
एन आर एन ए स्विट्जरल्याण्ड