Type to search

खेल

रहेनन् मोटर रेसिङका विश्वचर्चित खेलाडी स्टर्लिङ मोस

Share

मोटर रेसिङका विश्वचर्चित खेलाडी स्टर्लिङ मोसको आइतबार बेलुकी निधन भएको छ । उनलाई बेलायती खेलक्षेत्रका सर्वाधिक सफल र लोकप्रिय खेलाडीमध्ये एक मानिन्छ । उनी ९० वर्षका थिए ।

मोसकी पत्नी सुसीले बेलायतीसञ्चारमाध्यमलाई भनेकी छिन्, ‘मोसले सधैंका लागि आँखा चिम्लेका छन्। उनले आफ्नो जीवनमा धेरै खेले।’

बेलायती खेलक्षेत्रसँगै शुभचिन्तकहरूले मोसको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।इङ्ल्यान्डका पूर्वफुटबल खेलाडी ग्यारी लिनेकरले ट्विट गर्दै लेखेका छन्, ‘सर मोस रहेनन्, उनी महान् ड्राइभर थिए। त्योभन्दा पनि ठूलो उनी भलादमी थिए।’

सन् २०१६ मा बिरामी भएयता मोस सार्वजनिक जीवनबाट टाढा थिए।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *