Type to search

समाचार स्विस/प्रवास

स्विट्जरल्याण्डमा लक डाउन थप खुकुलो हुने, मे ११ गतेदेखि रेस्टुरेन्टहरु पनि खुल्ने

Share


स्विट्जरल्याण्ड्को संघीय सरकारको आज बसेको मन्त्रिपरिशकोको बैठकले लक डाउनलाइ थप खुकुलो बनाउने निर्णय गरेको छ।
गत अप्रिल १६ तारिक बसेको मन्त्रिपरिषद बैठकले लक डाउनलाइ तिन चरणमा खोल्ने निर्णय गरेको थियो। जस अनुसार पहिलो चरणको लक डाउन गत सोमबार देखि नै लागु भैसकेको छ। पहिलो चरणको लक डाउन खुल्ला गरेपछि देखिएको सकारात्मक प्रतिक्रिया पश्चात र गत मन्त्रिपरिषद बैठकमा निर्णय नगरिएको रेन्टुरेन्ट ब्यबसायको बारेमा सर्बत्र चासो भएपछी बिषेश गरि आज थप निर्णय गरिएको छ।


अब दोश्रो चरणको खुकुलो मे ११ तारिक देखि लागु हुनेछ। जस अनुसार अब रेस्टुरेन्ट ब्यबसाय पनि सरकारले तोकेको नियम पालन गरेर खोल्न पाइने भएको छ। जस अनुसार रेस्टुरेन्टमा आउने पाहुनाहरुमा निस्चित दुरि(दुइ मिटर)कायम हुने गरि टेबुलहरुको ब्यबस्थापन गर्नु पर्ने। एउटा टेबलमा अधिकतम ४ जाना पाहुना राख्न सकिने(एदि सङ्गै आएका छन भने मात्र) जस्मा अधिकतम २ जना बच्चा रहन सक्ने। पाहुनाहरु तोकिएकै टेबलमा बस्नु पर्ने। लगाएतका नियम मुख्य रहेका छन । मे ११ भन्दा पहिले नै बिज्ञहरु मार्फत बिस्त्रित योजना ल्याइने कुरा आजको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रि अला बार्सेले बताएका छन् ।
त्यसै गरि मे ११ देखि बजारहरु, पसल, पुस्तकालय, म्युजियम लगाएत खुल्ने छन भने प्राबि र माध्यामिक तहका बिध्यालयले पनि पठन -पाठन सुरु गर्न सक्ने छन। चिडियाखाना र बोटानिकल गार्डेनहरु ८ जुन सम्म बन्द रहने छ्न।

स्विस भरिका यातायातहरु(ट्रेन,बस,ट्राम ) मे ४ देखि दिनको समय तालिका अनुसार चल्ने छ। रात्रि यातायात सेवा भने अझ केहि समयका लागि बन्द हुने निर्णय गरिएको छ ।

भिषा प्रक्रिया पनि बिस्तारै खुला गरिने
स्विटजरल्याण्ड प्रबेश गर्न चाहने युरोपियन नागरिक र युरोप बाहिरका देशका नागरिक जस्ले २५ मार्च सम्म भिषाको लागि आबेदन दिएका छन/लाइ ११ मे देखि सुचारु गर्नेछन् भने ११ मे देखि पारिवारिक पुनर्मिलनको (फामिलियन नाखजुग) प्रक्रिया पनि सुरु गरिने जनाइएको छ।
स्विट्जरल्याण्ड्मा आजको मिति सम्ममा २९१३१ कोरोना पोजेटिभ भेटिएको। १७१६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *