जर्मनिले रद्ध गर्यो बिश्वप्रशिद्द अक्टोबर फेस्ट
Share

हरेक बर्ष जर्मनिको म्युनिख सहरमा हुने बिश्वप्रशिद्द अक्टोबर फेस्ट यस बर्ष नहुने भएको छ । संसार भरि फैलिएको कोरोना भाइरसका कारण उक्त मेला रद्ध गरिएको हो। जर्मनिको बायर्न प्रान्तको म्युनिख सहर प्रचलित परम्परागत मेला अक्टोबर फेस्ट्को नामले बिश्व प्रशिद्ध छ ।
बायर्नका मुख्यमन्त्रि मार्कुस सोडेर र म्युनिखका मेयर डिटर राइटरले मंगलवार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका छन् । बिश्वभरिबाट उक्त मेला हेर्न र रमाइलो गर्न हरेक बर्ष करिब ६० लाख मानिस जर्मनिको म्युनिख सहरमा आउने गर्दछ्न । यति धेरै मानिस सहभागी हुने मेला यस्तो बेला गर्नु भनेको कोरोना फैलन मद्धत गर्नु जस्तै भएको हुँदा उक्त मेला नगरिने भएको हो।
जर्मन सरकारले अगस्ट्को अन्त्यसम्म कुनै ठुला सभा सम्मेलन र मेलाहरु गर्न बन्देज लगाएको छ। सेप्टेम्बर सुरु देखि उक्त बन्देज नरहने भए पनि बन्देज हटेको तिन हप्ता लगत्तै पछि यति ठुलो मेला आयोजना गर्दा धेरैलाइ संक्रमण हुने र भाइरस फेरि फैलने अनुमान अधिकारिहरुले गरेका हुनाले उक्त अक्टोबर फेस्ट भन्द गरिएको हो ।
यस बर्ष १९ सेप्टेम्बर देखि ४ अक्टोबर सम्म चल्ने भनिएको उक्त मेला रद्ध गर्दा १२३ बिलिएन युरोको घाटा हुने बताइएको छ। उक्त मेलाको तयारीको काम जुलाइ देखि नै सुरु हुने हुँदा अहिले नै बन्द गर्ने निर्णय गरिएको बताइएको छ।