Type to search

मुख्य समाचार

चौरजहारी घटनाको छानबिन संसदीय समिति गठन

Share

काठमाडौं, जेठ २६ । रुकुम पश्चिमको चौरजहारी– ८ स्थित सोतीमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले नेकपा सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाइली स्नेही, विमला विक, पार्वतीकुमारी विशुंखे, महेश्वरजंग गहतराज, मीन विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

समितिलाई ३० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न सभामुखले निर्देशन दिएका छन् । सांसदहरुले लगातार घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेपछि सरकार पनि संसदीय समिति बनाउन तयार भएको हो ।

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ स्थित सोतीमा यही जेठ १० गते अन्तरजातीय प्रेममा रहेका नवराज विक आफ्नी प्रेमिकालाई लिन गएका बेला केटीका आफन्त र गाउँलेले आक्रमण गर्दा नवराजसहित उनीसँगै गएका ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *