Type to search

मुख्य समाचार

उत्तर कोरियाली नेता किम सार्वजनिक कार्यक्रममा देखिए

Share

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन् ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका थिए ।नेता किम अप्रिल १२ यता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनभएको अनुमान गरिएको छ ।

त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुनसक्ने भन्दै विश्वव्यापी चासो बढेको थियो ।तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको बताएका थिए ।नेता किम अप्रिल १५ मा हजुरबुवा किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए ।

नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको नेतृत्वमा छन् (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *