Type to search

मुख्य समाचार

आफ्नै खर्चमा बस्न चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ

Share

काठमाडौं– विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्ने चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो।

जसमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन्। होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो।

आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टाइनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय गरेका थियो। सोहीअनुसार होटल संघ नेपालले पनि होटलका रुमहरू क्वारेन्टाइनका लागि दिने निर्णय गरेका थिए।

जसमा ४ तारे होटल ग्रान्डादेखि पर्यटकीय होटलसम्म रहेका छन्। काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरेपनि होटलसँग समन्वय भने नभएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *