Type to search

मुख्य समाचार

संक्रमितको संख्या १३ हजार नाघ्यो

Share

काठमाडौं, असार १५ । नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहट जिल्ला स्थायी घर भएका ३० वर्षीय पुरुषको ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो ।

विगत तीन महिनादेखि फोक्सोमा समस्या देखिएपछि उनी अस्पतालमा उपचाररत रहेका थिए ।

उनको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

सोमबार नेपालमा थप चार सय ७६ जना नयाँ संक्रमित संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमा एक सय १२ महिला र तीन सय ६४ पुरुष रहेका छन् । यो संगै नेपालमा जम्मा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ महिलासहित १०८ पुरुष गरि जम्मा २ सय २१ जना अस्पतालबाट डिस्चार्ज भएको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

यो संगै अस्पतालबाट डिस्चार्ज हुनेको जम्मा संख्या तीन हजार १ सय ३४ पुगेको छ ।

२४ घण्टामा सात हजार ७ सय ९१ वटा पिसिआर र एक हजार ८ सय २२ आरडिटी परिक्षण गरिएको छ ।

५७ हजार तीन सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् भने दश हजार ८५ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो समाचार

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *