Type to search

मुख्य समाचार

प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा जवाफी बहस शुरू

Share

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरू गरेका छन्। त्यसपछि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्ने भएका छन्। 

आइतबार सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानून व्यवसायीले बहस गरेका थिए। उनीहरूको बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको थियो। आइतबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी निवेदनमा सुनुवाइ भइरहेको छ। आज निवेदकका तर्फबाट दुई घण्टा जवाफी बहस हुनेछ। 
त्यसपछि अदालतका सहयोगी (एमिकस क्यूरी)का तर्फबाट दुई घण्टा बहस हुनेछ। एमिकस क्यूरीमा नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन्। 
एमिकस क्यूरीको बहस सकिएपछि संवैधानिक इजलासले आदेश सुनाउनेछ। यसका लागि संवैधानिक इजलासले केही दिन समय लिनसक्नेछ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *