Type to search

फोटोफिचर मुख्य समाचार

नेपालमा कुल संक्रमितको संख्या ४२७

Share

काठमाडौं :  नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या  ४२७  पुगेको छ। पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा,  कपिलवस्तु र नवलपरासी पश्चिमका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ। कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन्। आज थपिएका मात्रै नयाँ संक्रमित २५ जना रहेको स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए। संक्रमितहरू ३ देखि ४८ वर्ष उमेरका छन्। देवकोटाकाअनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुष संक्रमित भएको बताए। हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षण ३५ हजार ४ सय ९४ र आरडीटीबाट ७५ हजार ७२ जनाको परीक्षण गरिएको डा. देवकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *