पोर्चुगलमा नेपाली नागरिकहरु माथि नेपालीबाट नै भएको ठगी प्रति गम्भीर ध्यानाकर्षण
Share
विज्ञप्ति
पोर्चुगलमा नेपाली नागरिकहरु माथि नेपालीबाट नै भएको ठगी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली जनसंपर्क समिती, पोर्चुगलका सदस्य तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष विक्रम जंग कुँवरले सन्चालन गरेको लक्ष्मी ट्राभल एजेन्सी लिस्बनद्वारा नक्कली हवाई टिकट जारी गरी सयौ नेपाली श्रमिकहरुलाई ठगेर अलपत्र पारेको लिस्बनस्थित अवैतनिक नेपाली महाबाणिज्यदूत मार्फत पुष्टी भएको छ ।
अत्यन्तै अनैतीक, गैर जिम्मेदार र निम्न पूँजीवादी दलाल मानसिकताले प्रेरित उक्त ठगी घटनाका मुख्य अभियुक्त लक्ष्मी ट्राभल एजेन्सी लिस्बनका संचालक बिक्रम जंङ कुवर तथा यस ठगीमा संलग्न/सहयोगी अन्यलाई समेत कडा भन्दा कडा कार्वाही गर्दै सम्पूर्ण पीडितलाई कानूनी न्याय सहित उचित क्षतिपूर्ति दिलाउन आवश्यक कानूनी कार्वाहीका निम्ती सचेत पहल गर्न हामी नेपाली दूतावास फ्रान्स (पेरिस), अवैतनिक नेपाली महाबाणिज्यदूत पोर्चुगल (लिस्बन) तथा पोर्चुगलमा रहेका सबै नेपाली संघ संस्थालाई हार्दिक आग्रह गर्दै न्यायका पक्षमा हुने संघर्षमा हाम्रो पूर्ण एकबद्दता र समर्थन ब्यक्त गर्दछौ ।
साथै, प्रवासमा तमाम प्रतिकूल अवस्थाका बावजुद कडा मेहनत र श्रम गर्ने नेपाली श्रमिकहरुमाथि हुने यस प्रकारको अमानवीय शोषणका नाइके, तिनका मतियार तथा तिनलाई सम्रक्षण गर्ने प्रबृत्ती, ब्यक्ती र संस्थाहरु बिरुद्द एकजुट हुन हामी पोर्चुगल लगायत युरोपमा रहेका सम्पूर्ण नेपालीमा अपिल गर्दछौ ।
धन्यवाद ।
गैर आवासीय नेपाली संघ, जर्मनी अध्यक्ष – हरी न्यौपाने
प्रवासी नेपाली मन्च, जर्मनी अध्यक्ष – चन्द्र कान्त आचार्य
प्रवासी नेपाली एकता मन्च, जर्मनी अध्यक्ष – सागर पोख्रेल
नेपाली जनप्रगतीशिल मोर्चा, जर्मनी अध्यक्ष – शेर बहादुर तुम्बापो