Type to search

स्विस/प्रवास

नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाको प्रथम अधिवेशन आयोजक समिती गठन

Share

नेपाली जनप्रगतिशील मोर्चा, अमेरिकाले एेतिहसिक प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । यही २६ अप्रिल २०२१ बुधवारका दिन सम्पन्न भएको मोर्चाको बिस्तारित बैठकले दश सदस्यीय प्रथम अधिवेशन आयोजक समिती गठन गरेको हो ।

मोर्चाका अध्यक्ष विश्व बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका महासचिव तथा यूरोप मोर्चाका सदस्य प्रदीप अधिकारी अतिथी रहेका थिए ।

महान शहिदहरु प्रति सम्मान ब्यक्त गर्दै एक मिनेट मौनधारण गरि बैठकको प्रारम्भ गरिएको थियो । मोर्चाको बैठकले नेपालमा दलाल तथा संसदीय ब्यबस्था पूर्णरुपमा असफल भएकोले नेपाली जनताको स्वतन्त्रता र संवृद्धिको लागि वैज्ञानिक समाजवादी ब्यबस्था अपरिहार्य भएको ठहर गरेको छ । यो ब्यबस्थाको असफलताको कारणले नै लाखौं नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु प्रवासिन बाध्य भएका छन् । यहि क्रममा अमेरिका आइपुगेका नेपालीहरुमाथि निरन्तर भौतिक हमलाहरु भइरहेका छन् । यसरी नष्लवाद वा अन्य कुनै कारणवाट प्रभावित भएर नेपालीहरुमाथि भएको भौतिक हमलाको बैठकले भ्रत्र्सना समेत गरेको छ ।

बैठकका अतिथी प्रदिप अधिकारीले नेपालको राजनीतिक अवस्था, प्रवासमा हामीले खेल्नु पर्ने भूमिका तथा आजको सामाजिक संरचनामा विकास गर्नु पर्ने राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकास, अमेरिकामा मोर्चाको आवश्यकता र त्यसले खेल्नु पर्ने भूमिकाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

विश्व बहादुर शाहको संयोजकत्वमा गठित समितिमा सचिव दिपक लामिछाने सदस्यहरु दर्शना नेपाली, पंकज कट्टेल, कृष्णध्वज थापा, अर्जुन नेपाल, नविन चौलागाईं, रामचन्द्र पहारी, खगेश्वर काप्री र अशिम घिमिरे रहेका छन । दिपक लामिछानेले संचालन गरेको बैठ्कले कार्यसमितिको तत्काल बैठक बसी अधिवेशनको मिती तय गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *