Type to search

मुख्य समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो,एकदिनमा थपिए १७० संक्रमित

Share

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी जेठ १० गते भारतबाट आएका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको कोरोना संक्रमणबाटै मृत्यु भएको हो । 

१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा २ जना बालिका छन् भने २२ देखि ७० वर्ष उमेरका ५४ जना पुरुष छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएको थियो ।

यस्तै कपिलवस्तुमा ५१ जना संक्रमित थपिएका छन् ।

टेकुमा गरिएको परीक्षणमा भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ७ वर्षीय बालकदेखि ५२ वर्षका पुरुषसम्म छन् ।

यस्तै गौतमबुद्ध मावि क्वारेन्टाइनमा रहेका १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

दाङमा गरिएको परीक्षणमा कपिलवस्तु विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ५२ वर्षका छन् । भरतपुर, चितवनमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिकाका चार जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरु मध्ये २४ जना कचनाकवल गाउँपालिकाका छन् । र १८ देखि ४१ वर्ष उमेरका छन् । कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षण तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।यस्तै बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डुडुवाका उनीहरु १७ देखि ४१ वर्ष उमेरका पुरुष छन् ।

पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् ।पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो भने बाराको पीपरपाती माविमा रहेका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा ५ संक्रमित थपिए । टेकुमा परीक्षणको परीक्षणमा मलंगवाका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु १९ देखि ३० वर्षका छन् । पाटन अस्पतालमा रहेका सर्लाहीका ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै सप्तरीका चार जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि २६ वर्षका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना १९ र २१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ ।दाङको गढवाका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २८ र ४१ वर्षका पुरुष हुन् ।

रुपन्देहीको सैनामैनाका २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *