Type to search

मुख्य समाचार

१ हजार ४२५ पुगे कोरोना संक्रमित

Share

काठमाडौँ, १७ जेठ । नेपालमा शनिबार एकै दिनमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमण भेटिएको छ ।

शनिबार २ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, आजै थप एक जनाको कोरोनका कारण मृत्यु भएको पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यससँगै कर्णालीमा ७८ जना संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

शनिबार यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो तथ्यांकसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २५ जना पुगेको छ । त्यसमा २ सय १९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *