नेपाल थप एक जनामा कोरोना भेटियो, संक्रमितको संख्या १०२ पुग्यो
Share
काठमाडौँ, २६ वैशाख । नेपालमा थप एक जनामा कोरोना भेटिएको छ । नेपालगञ्जमा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १ सय २ जना पुगेको छ भने नेपालगञ्जमा मात्रै २४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्ष गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । उनलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।
डा. प्रवक्ताका अनुसार पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित भेटिएको हो ।