Type to search

मुख्य समाचार विश्व स्विस/प्रवास

कोरोना महामारी बिरुद्द आशाको सन्केत स्वरुप स्विटजरल्याण्डको मात्तरहर्न हिमालमा लाईटिङ प्रदर्शन

Share

स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्न सँधै स्विजरल्याण्डको प्रतीक ,शक्ति र स्थिरताको स्थान भएको रुपमा चिनिंदै आएको छ । मात्तरहर्न जस्तै मजबूत भइ संसारका सबै देश, जनता ,समाज व्यक्ति अब एक साथ खडा हुनु पर्छ। बलियो हुनु पर्छ। अहिले भएको यो महामारीको आँधीबेहरी पार गर्नुपर्छ । भन्दै स्विजरल्याण्डको चर्मात जिल्लाले यस प्रतीकको सन्दर्भमा, मंगलवार मार्च २४ देखि अप्रिल १९,२०२० सम्म स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्नमा स्विजरल्याण्डको राष्ट्रिय झण्डा,विभिन्न स्लोगन लगाएत अन्य अरु देशहरुको झण्डाले उज्यालो बनाउंदै आएको छ। मौसमले साथ् दिएको खण्डमा बेलुका सूर्यास्त पछि मध्यरात सम्म हुनेछ।

आशा, एकता र कृतज्ञता
यो चर्मातको लाइटिंग अभियानले अहिले भएको कोरोनाभाइरस महामारीको कठिन समयमा मानिसहरूलाई आशा र एकजुटताको चिन्ह दिन चाहन्छ। “Licht ist Hoffnung” (Light is hope) “प्रकाश एक आशा हो” भन्दै यो प्रतिक संसार भरका मानिसहरुलाई यो संदेश बाढ्न चाहन्छ । अहिलेको अवस्थामा यो महामारीका कारण दु: ख पाइरहेका सबै व्यक्तिहरूसँग एकता प्रकट गर्दै, बाँच्न र बचाउन मद्धत गरिरहका सबै व्यक्तिहरूको लागि कृतज्ञ रहेको। मेडिकल स्टाफ लगाएत बिभिन्न क्षेत्रमा समावेश रहेर काम गरिरहेका मानिसहरुलाइ । महामारीलाइ अन्त्य गर्न आ-आफ्नो स्थानमा रहेर सहयोग गर्ने प्रत्येक मानिसहरुलाई धन्यवाद र हामी एक साथ् छौँ भन्ने आह्वान गर्दै स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्नमा लाइटिंग प्रदर्शन गरिएको हो ।

गेरी हफस्टेटर
मात्तरहर्नमा लाइटिंग प्रदर्शन गर्ने गेरी हफस्टेटर हुन् । १९९९ देखि गेरी हफस्टेटरले संसारका बिभिन्न भवनहरू, स्मारकहरू,परिदृश्, हिमालहरूमा अस्थायी कलाको लाइटिंग गर्दै आएका छन्। उनले छिटो र सजिलैसँग परियोजनाको कार्यान्वयन गर्ने पुरस्कार जितेका थिय ।

घरबाट हेर्न
यस महामारीमा स्विस सरकारले अपनाएका नियम “घरमा बस्नुहोस”लाइ ध्यानमा राख्दै चर्मात जिल्लाले ” घरबाट हेर्न रुचि राख्ने सबैलाई www.zermatt.ch/hope मा गइ प्रत्यक्ष हेर्न सक्नु हुने जानकारी गराएको छ । आज १९ अप्रिल दिउंस १४:०० देखि १६:०० बजे सम्म र बेलुका १९ बजे देखि २३:०० बजे सम्म हुने छ।

फोटो : मात्तरहर्न पेजबाट

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *