नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिए
Share

काठमाडौं, वैशाख ५ । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यसचिव यादव कोइरालाले जानकारी दिए ।
मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको थियो ।यता, चितवनमा पनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको सचिव कोइरालाले जानकारी दिएका छन् ।चितवनको राप्ती नगरपालिकाका आमा–छोरामा संक्रमण देखिएको हो । उनीहरु एक महिनाअघि बेलायतबाट आएको जनाइएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।